हेलिकोप्टरको चार्टर्ड उडानको भाडा बढ्यो, गन्तव्य अनुसार १६ लाख ५३ हजार रुपैयाँसम्म



बिजमाण्डू
२०८३ साउन १९ गते १९:५० | Aug 4, 2026
हेलिकोप्टरको चार्टर्ड उडानको भाडा बढ्यो, गन्तव्य अनुसार १६ लाख ५३ हजार रुपैयाँसम्म


काठमाडौं। वायुसेवा संचालक संघले हेलिकप्टरको भाडादर बढाएको छ। संघले आगामी भदौ ३० गतेदेखि लागू हुने गरी हेलिकोप्टरको चार्टर्ड तथा उद्धार उडानको नयाँ भाडादर सार्वजनिक गरेको हो।

Tata
GBIME

काठमाडौंबाट दार्चुलाको चार्टर्ड भाडा १६ लाख ५३ हजार रुपैयाँ तोकिएको छ। यो सबैभन्दा महँगो भाडा हो।

काठमाडौं उपत्यका र आसपास न्यूनतम भाडा १ लाख २८ हजार रुपैयाँ तोकिएको छ। संघले पोखरा र सोलुखुम्बुतर्फ उद्धार उडानको भाडा ३ लाख ८२ हजार रुपैयाँ तोकेको छ।

हवाई इन्धनको मूल्यमा भएको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा सञ्चालन खर्च बढेका कारण उडान दर समायोजन गर्नुपरेको संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।