इन्धनको मूल्य वृद्धिपछि बढ्यो हवाई भाडादर, कुन रुटमा कति पुग्यो? (सूचीसहित)



बिजमाण्डू
२०८३ साउन १९ गते १९:०० | Aug 4, 2026
इन्धनको मूल्य वृद्धिपछि बढ्यो हवाई भाडादर, कुन रुटमा कति पुग्यो? (सूचीसहित)


काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै उडान भाडा महँगिएको छ।

Tata
GBIME

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ट्रंक सेक्टरमा फ्यूल सरचार्ज १८० रुपैयाँदेखि १२९० रुपैयाँसम्म बढाएको छ। क्यानले विराटनगर-धनगढी रुटमा फ्यूल सरचार्ज १२९० रुपैयाँ बढाएको हो।

विराटनगर-धनगढी रुटमा फ्यूल सरचार्ज अब १६ हजार ३५ रुपैयाँ पुगेको छ।

काठमाडौं-सिमरामा फ्यूल सरचार्ज सबैभन्दा कम १८० रुपैयाँ बढेको छ। यो रुटमा फ्यूल सरचार्ज अब २२४० रुपैयाँ पुगेको छ।

काठमाडौं-धनगढी रुटमा फ्यूल सरचार्ज ११ हजार रुपैयाँ पुर्‍याइएको छ। यो रुटमा यसअघि फ्यूल सरचार्ज १० हजार १२० रुपैयाँ थियो। अर्थात् काठमाडौं-धनगढी हवाई टिकटको मूल्य ८८० रुपैयाँ बढेको छ।

नेपालगन्ज-भद्रपुर रुटमा १ हजार १७० र जनकपुर-धनगढी रुटमा ११०० रुपैयाँ बढेको छ।

निगमले १७ साउनबाट लागू हुने गरी हवाई इन्धनको मूल्य प्रति लिटर २० रुपैयाँ बढाएको थियो। हवाई इन्धनको मूल्य अहिले प्रति लिटर २९० रुपैयाँ छ।