काठमाडौं । नेशनल पेमेन्ट स्विचअन्तर्गत संचालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस)ले २०८३ असार महिनामा मात्र १२ खर्ब भन्दा बढीको कारोबारहरु फर्छ्यौट गरेको छ। यो नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धी भएको कम्पनीले जनाएको छ।
देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिपेक्षमा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्र मध्ये एकको रुपमा स्थापित पनि गरेको जनाइएको छ। आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा आरपीएस मार्फत ९३ खर्ब बराबरका रियल–टाइम कारोबारहरू फर्छ्यौट भएको कम्पनीले उल्लेख गरेको छ। जुन सोहीअवधिको तुलनामा चेकमार्फत भएका कारोबारको कुल रकम भन्दा पनि निकै बढी रहेको जनाइएको छ।
यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायहरू बीच अन्तर आबद्ध डिजिटल भुक्तानी प्रणाली प्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको कम्पनीले विज्ञप्ति जारी गरेर भनेको छ।
यस उपलब्धिले डिजिटल कारोबारको संख्यामा भएको वृद्धिलाई झल्काउनुका साथै नेपालको अन्तरआबद्ध भुक्तानी प्रणालीको परिपक्तालाई पनि प्रतिबिम्बित गरेको जनाइएको छ। यस रिटेल पेमेन्ट स्विचको प्ल्याटफर्म एक महत्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रुपमा रही सुरक्षित, विश्वसनीय र ठूलो संख्यामा कारोबार फर्छ्यौट गर्न सक्षम रहेको प्रमाणित गरेको छ।
नोभेम्बर २०२१ मा संचालनमाआएको आरपीएस, नेशनल पेमेन्ट स्विचको एक महत्वपूर्ण हिस्साको रुपमाएनसीएचएलले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुपकार्यान्वयनतथा सञ्चालनगर्दै आएकोहो । साझा राष्ट्रिय भुक्तानीपूर्वाधारका रूपमाविकास गरिएको आरपीएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक(पीएसओ), भुक्तानी प्रणाली सञ्चालक(पीएसपी) तथा सरकारी निकायहरूबीच सुरक्षित, रियल–टाइम तथाबैंक खातामाआधारित भुक्तानी सेवाप्रदानगर्दै आएको छ।










