आर्ट काउन्सिलमा नेपाली खेलकुदको इतिहास झल्काउने प्रदर्शनी सुरु (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८३ साउन १९ गते १४:३३ | Aug 4, 2026
आर्ट काउन्सिलमा नेपाली खेलकुदको इतिहास झल्काउने प्रदर्शनी सुरु (तस्विरहरु)


काठमाडौं । नेपाल ओलम्पिक म्युजियमले आजबाट खेलकुदसँग सम्बन्धित प्रदर्शनी सुरु गरेको छ।

Tata
GBIME

बबरमहल स्थित आर्ट काउन्सलिमा विभिन्न खेल तथा खेलाडीहरुसँग सम्बन्धित तस्बिर, ट्रफी, मेडल लगायत सामग्रीहरु प्रदर्शनीमा राखिएको हो।

प्रदर्शनीमा नेपालको खेलकुद इतिहास, खेलाडीहरुको योगदान, उपलब्धि तथा ओलम्पिक यात्रालाई तस्बिर र मेडलबाट देखाइएको छ।

प्रदर्शनीको उ‌द्घाटन शिक्षा तथा खेलकुद मन्त्री सास्मित पोखरेलले गरेका हुन्। यो प्रदर्शनी तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ।