काठमाडौं। अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको मूल्य घट्दा सबैजसो विदेशी मुद्राको विनिमय दर प्रभावित भएको छ। पछिल्ला दिनहरूमा अमेरिकी डलर, युरो र पाउण्डमा सामान्य दबाब देखिएको छ।
लगानीकर्ताले अमेरिकी फेडरल रिजर्भ, युरोपेली केन्द्रीय बैंक र बेलायतको केन्द्रीय बैंकको आगामी ब्याजदर नीतिलाई पर्खेर सतर्क कारोबार गरिरहेका छन्। यही कारण प्रमुख मुद्रामा दैनिक उतारचढाव छ, जसको प्रभाव अन्य देशका विनिमय दरमा पनि परेको छ।
राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलर खरिद दर १५२ रुपैयाँ २५ पैसा र बिक्री दर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। सोमबार खरिद दर १५२ रुपैयाँ ३२ पैसा र बिक्री दर १५२ रुपैयाँ ९२ पैसा थियो।
युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ४४ पैसा र बिक्री दर १७६ रुपैयाँ १३ पैसा भएको छ। सोमबार खरिद दर १७५ रुपैयाँ ५९ पैसा र बिक्री दर १७६ रुपैयाँ २९ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा भएको छ। सोमबार खरिद दर २०५ रुपैयाँ ३५ पैसा र बिक्री दर २०६ रुपैयाँ १६ पैसा पिगेको थियो।
यस्तै स्वीस फ्रयांक पनि घटेर खरिद दर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ भएको छ। सोमबार खरिद दर १८८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८९ रुपैयाँ ३६ पैसा थियो।
यस्तै अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६ पैसा भएको छ। सोमबार खरिद दर १०६ रुपैयाँ ९७ पैसा र बिक्री दर १०७ रुपैयाँ ४० पैसा थियो।
क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८५ पैसा भएको छ। सोमबार खरिद दर १०८ रुपैयाँ ६५ पैसा र बिक्री दर १०९ रुपैयाँ ८ पैसा थियो।
सिंगापुर डलरको खरिद दर ११८ रुपैयाँ ७० पैसा र बिक्री दर ११९ रुपैयाँ १७ पैसा भएको छ। सोमबारका तुलनामा खरिद दरमा ७ र बिक्रीमा ९ पैसा घटेको हो।
जापानी येन भने ३ पैसाले बलियो भएको छ। येनको १० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा भएको छ। चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ५५ पैसा र बिक्री दर २२ रुपैयाँ ६३ पैसा भएको छ। युआन अघिल्लो दिनका तुलनामा खरिदमा १ पैसा र बिक्री दरमा २ पैसाले घटेको छ।
अघिल्लो दिनका तुलनामा २ पैसा घटेर साउदी रियालको खरिद दर ४० रुपैयाँ ५४ पैसा र बिक्री दर ४० रुपैयाँ ७० पैसा भएको छ। यस्तै अघिल्लो दिनका तुलनामा ५ पैसा घटेर कतारी रियालको खरिद दर ४१ रुपैयाँ ७६ पैसा र बिक्री दर ४१ रुपैयाँ ९३ पैसा कायम भएको छ।
यस्तो छ आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १५२.२५ | १५२.८५ |
| युरोपियन युरो | १ | १७५.४४ | १७६.१३ |
| पाउण्ड स्टर्लिङ | १ | २०४.७७ | २०५.५८ |
| स्वीस फ्रयांक | १ | १८८.२५ | १८९.०० |
| अष्ट्रेलियन डलर | १ | १०६.६४ | १०७.०६ |
| क्यानेडियन डलर | १ | १०८.४२ | १०८.८५ |
| सिंगापुर डलर | १ | ११८.७० | ११९.१७ |
| जापानी येन | १० | ९.७० | ९.७३ |
| चिनियाँ युआन | १ | २२.५५ | २२.६३ |
| साउदी रियाल | १ | ४०.५४ | ४०.७० |
| कतारी रियाल | १ | ४१.७६ | ४१.९३ |
| थाइ भाट | १ | ४.५६ | ४.५८ |
| यूएई दिराम | १ | ४१.४५ | ४१.६१ |
| मलेसियन रिंगिट | १ | ३७.१७ | ३७.३२ |
| साउथ कोरियन वोन | १०० | १०.६५ | १०.७० |
| स्वीडिश क्रोनर | १ | १५.९६ | १६.०२ |
| डेनिश क्रोनर | १ | २३.४७ | २३.५६ |
| हङकङ डलर | १ | १९.४१ | १९.४९ |
| कुवेती दिनार | १ | ४९४.८० | ४९६.७५ |
| बहरेन दिनार | १ | ४०३.७९ | ४०५.३८ |
| ओमानी रियाल | १ | ३९५.४४ | ३९७.०० |










