वर्षाका कारण बढ्यो रोपाइँ, देशभर ८३ प्रतिशत पुग्दा कोशीमा सबैभन्दा कम ७८%



बिजमाण्डू
२०८३ साउन ८ गते १८:२६ | Jul 24, 2026
वर्षाका कारण बढ्यो रोपाइँ, देशभर ८३ प्रतिशत पुग्दा कोशीमा सबैभन्दा कम ७८%


काठमाडौं। लगातारको वर्षाका कारण रोपाइँ बढेको छ। साउन पहिलो सातासम्म देशभर ८३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो समयमा ७८ प्रतिशत रोपाइँ भएको थियो।

Tata
GBIME

असार अन्तिमदेखि मनसुन सक्रिय भएका कारण रोपाइँ बढ्दै गएको कृषि विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ भएको छ।

कर्णाली र लुम्बिनीमा ८८/८८, बागमतीमा ८७, गण्डकीमा ८०, मधेशमा ८७ र कोशी प्रदेशमा ७८ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।

यो वर्ष देशभर १३ लाख ६६ हजार हेक्टर खेतमा रोपाइँ हुने मन्त्रालयको अनुमान छ। हालसम्म ११ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।