बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले थाले छलफल, विभिन्न मन्त्रालयका सचिव सहभागी



बिजमाण्डू
२०८३ साउन ४ गते १२:१२ | Jul 20, 2026
बजेट कार्यान्वयनका लागि अर्थमन्त्री वाग्लेले थाले छलफल, विभिन्न मन्त्रालयका सचिव सहभागी


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल थालेका छन्। उनले विभिन्न मन्त्रालयका सचिवहरुलाई बोलाएर बजेट कार्यान्वयनका विषयमा छलफल थालेका हुन्।

Tata
GBIME

स्वर्णिमले सोमबार पूर्वाधार विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिलाई बोलाएको उनको सचिवालयले बताएको छ।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट पनि सहभागी छन्।