इन्द्रचोकमा साउनको किनमेल, हरिया चुरा र पहिरनको व्यापार बढ्यो (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ साउन ३ गते १२:२० | Jul 19, 2026
इन्द्रचोकमा साउनको किनमेल, हरिया चुरा र पहिरनको व्यापार बढ्यो (तस्विरहरु)


काठमाडौं । भोलि साउनको पहिलो सोमबार। साउन सुरु भएसँगै काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ। अझ भोलि सोमबारको दिनका लागि बजारमा किनमेल गर्न पुग्नेको संख्या बढेको छ।

Vigo
GBIME
Tata

पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको व्यवसायी बताउँछन्।

हिन्दूहरुले साउन महिनालाई भगवान् शिवको महिनाका रुपमा लिने गरेका छन्। हिन्दू महिला तथा पुरुषले साउन महिनाभर भगवान् शिवको पूजा आराधना गर्ने गर्छन्।

साउनमा महिला हातमा मेहेन्दीसँगै हरियो चुरा र तथा पहेँलो पोते लगाउने गर्छन् । यस्तै, पुरुषहरुले पहेँलो वस्त्र लगाउने परम्परा पनि छ।