सुरु भयो साउन, पशुपतिमा दर्शन गर्न पुग्नेको घुँइचो



बिजमाण्डू
२०८३ साउन १ गते १२:५३ | Jul 17, 2026
सुरु भयो साउन, पशुपतिमा दर्शन गर्न पुग्नेको घुँइचो


काठमाडौं। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।

Tata
GBIME

साउन महिनालाई भगवान् शिवको विशेष पूजा गर्ने महिनाका रूपमा पनि लिइन्छ। त्यसैले आज बिहानदेखि नै पशुपति लगायत शिवालयहरुमा दर्शनार्थीको भिड छ।

साउन महिनामा महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ।