बिलिङ प्रणाली ठेक्काको भ्रष्टाचार मुद्दामा सफाइपछि काममा फर्किइन् टेलिकमकी एमडी अर्याल



बिजमाण्डू
२०८३ असार २९ गते १६:०२ | Jul 13, 2026
बिलिङ प्रणाली ठेक्काको भ्रष्टाचार मुद्दामा सफाइपछि काममा फर्किइन् टेलिकमकी एमडी अर्याल


काठमाडौं। अदालतबाट सफाइ पाएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल काममा फर्किएकी छन्। बिलिङ प्रणाली ठेक्काको भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि संगीता सोमबारबाट काममा फर्किएकी हुन्।

Tata
GBIME
Nepal Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी २०८२ जेठ २५ गते दायर गरेको मुद्दामा विषेश अदालतले असार २५ गते संगीतालाई सफाइ दिएको थियो।

उनी २०८१ भदौ तेस्रो साता ४ वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएकामा भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेकी थिइन्।