कर्णालीमा विद्युत उपकरण मर्मतका लागि क्रेन पठाउने निर्णय,  सेवा प्रभावकारी हुने विश्वास



बिजमाण्डू
२०८३ असार २८ गते २१:४१ | Jul 12, 2026
कर्णालीमा विद्युत उपकरण मर्मतका लागि क्रेन पठाउने निर्णय,  सेवा प्रभावकारी हुने विश्वास


काठमाडौं। सरकारले  कर्णाली प्रदेशमा विद्युत सेवा थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराउने भएको छ। निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ।

Tata
GBIME
Nepal Life

असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशको अनुगमनका क्रममा ट्रिपिङको समस्या जानकारीमा आएपछि उपकरण व्यवस्थापनको निर्णय भएको हो। प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्नपछि कर्णाली पठाउने निर्णय भएको हो।

कर्णालीमा विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको छ। प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य छिटो हुने विश्वास गरिएको छ।