काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रहरी प्रमुखहरुको संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनमा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन्।
यस्तै सम्मलेनमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबरा पनि सामेल छन्।
कार्की नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।











