पूर्वअर्थमन्त्री पौडेलको हिरासत बसाइ लम्बियो, अदालतले तेस्रोपटक दियो ६ दिनको म्याद



बिजमाण्डू
२०८३ असार १८ गते १४:३९ | Jul 2, 2026
पूर्वअर्थमन्त्री पौडेलको हिरासत बसाइ लम्बियो, अदालतले तेस्रोपटक दियो ६ दिनको म्याद

काठमाडौं। पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको हिरासत बसाइ लम्बिएको छ। विशेष अदालतले पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि हहिहरासतमा राख्न तेस्रो पटक ६ दिनको म्याद दिएको छ।

Tata
GBIME
Nepal Life

दोस्रो पटक दिइएको ३ दिनको म्याद सकिएपछि विभागले पौडेललाई बिहीबार अदालतमा उपस्थित गराएको थियो।

अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले थप ६ दिन हिरासतमा राख्न आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण लगायत विभिन्न कसुरमा पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर माइक्रोबसमा रातारात काठमाडौं ल्याइएको थियो।

पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाई भइरहेको छ।