जावलाखेलमा ललितपुर महानगरले आयोजना गरेको रोजगार मेलामा युवाको भीड



सुशील श्रेष्ठ
२०८३ असार १२ गते १४:१८ | Jun 26, 2026
जावलाखेलमा ललितपुर महानगरले आयोजना गरेको रोजगार मेलामा युवाको भीड

ललितपुर। जावलाखेलमा ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘स्किल्स एन्ड जब फेयर (रोजगार मेला)’मा युवाको उल्लेख्य सहभागिता देखिएको छ। रोजगारी, सीप विकास र तालिमका अवसरबारे जानकारी लिन युवाको भीड लागेको छ।

Tata
GBIME
Nepal Life

महानगरपालिकाको रोजगार सेवा केन्द्रले आयोजना गरेको मेलामा जीविको इनिसिएटिभ्सले प्राविधिक सहकार्य गरेको छ। मेलामा विभिन्न तालिम प्रदायक संस्था, रोजगारदाता र करिअर विकाससँग सम्बन्धित संस्थाले आफ्ना स्टलमार्फत सेवा तथा अवसरबारे जानकारी दिएका छन्।

सानो ठिमी प्राविधिक शिक्षालयले प्राविधिक तथा व्यावसायिक तालिमका कार्यक्रम प्रस्तुत गरेको छ। यस्तै, योर्स ह्युमानिटी नेपालले मोबाइल फोटोग्राफी मास्टरक्लासका बारेमा जानकारी दिएको छ।

अवसर नेपाल र चाँगुनारायण फाउन्डेसनले पनि सीप विकास तथा तालिमसम्बन्धी जानकारीसहित स्टल राखेका छन्।

मेलामा सहभागी युवाले विभिन्न रोजगारका अवसर, सीपमूलक तालिम, करिअर परामर्श र रोजगारदातासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका छन्। एकै स्थानमा विभिन्न संस्था र रोजगारदाताको उपस्थितिले रोजगार खोज्ने र सीप विकास गर्न चाहने युवाका लागि मेला उपयोगी बनेको छ।