काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।
प्रचण्ड र नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर शेखरसँग भेटवार्ता गरेका हुन्। उनीहरुबीच देशको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ।










