९९ केन्द्रीय सदस्य छान्न रास्वपा महाधिवेशन प्रतिनिधिलाई सिकाइँदैछ मत दिने तरिका

प्रवीण रानाभाट
२०८३ असार १० गते १७:४३ | Jun 24, 2026
९९ केन्द्रीय सदस्य छान्न रास्वपा महाधिवेशन प्रतिनिधिलाई सिकाइँदैछ मत दिने तरिका


काटमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। मतदान विद्युतीय मतदान यन्त्रबाट हुनेछ।

Vigo
GBIME
Tata

९९ केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुले मतदान हुनेछन्। राम लक्ष्मण भोटिङ मेसिनबाट मतदान गराउने तयार अहिले चितवनमा चलिरहेको छ।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार गरिएको छ। एक जना प्रतिनिधिलाई मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिनिधिहरुलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो पनि संचालन गरिएको छ।

पदाधिकारीका लागि भने भोलि मतदान गराउने तयारी छ।