भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको हिलाम्य भएको अधिवेशनस्थल सम्याउन थालिएको छ। रातभर भएको वर्षाले भरतपुरस्थित अधिवेशनस्थलमा पानी जमेको थियो।
आज सुरु हुने अधिवेशनलाई निर्विघ्न सम्पन्न गर्न गिटी हालेर एस्काभेटरले सम्याउने काम थालिएको छ। महाधिवेशन उद्घाटनका लागि बनाइएको डोमकै भूइँमा पानी जमेको छ।

भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ।

अधिवेशनस्थलमा देशभरबाट प्रतिनिधिहरु भेला भइरहेका छन्। प्रतिनिधिहरु विभिन्न जिल्लाबाट आउने क्रम जारी छ। अधिवेशनस्थलमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालित छन्।

अधिवेशनस्थलमा राखिएको दुग्ध विकास संस्थानको स्टलमा भीड लागेको छ।














