राष्ट्र बैंकका गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा, पाए मानव संशाधन विभागको नेतृत्व

बिजमाण्डू
२०८३ असार ५ गते १२:५५ | Jun 19, 2026
राष्ट्र बैंकका गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा, पाए मानव संशाधन विभागको नेतृत्व


काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशकमा बढुवा भएका छन्।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले नागिलालाई बिहीबार कार्यकारी निर्देशकमा बढुवा गरेको हो। बढुवासँगै उनलाई मानव संसाधन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। नागिला यसअघि नियमन विभागमा कार्यरत थिए।

यसअघि मानव संसाधन विभागमा रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ।