कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डसमा प्ल्याटिनम विजेता, नवप्रवर्तनमा सम्मान

बिजमाण्डू
२०८३ असार २ गते १०:३८ | Jun 16, 2026
कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डसमा प्ल्याटिनम विजेता, नवप्रवर्तनमा सम्मान


कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिनाकल इनोभेसन अवार्डस् २०२६ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन ‘बिजनेस मोडल इनोभेसन’तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका सम्मानित भएको छ। बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाइसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी उल्लेखनीय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो।

Vigo
GBIME
Tata

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न संचालन हुँदै आएको छ। यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए। जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मानप्राप्त गरेको हो। उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथपालना गर्न सहयोग पु¥याएको छ।

साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसा योग्य बनाउन योगदान पुगेको बैंकले जनाएको छ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवाप्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको जनाएको छ। बैंकले आगामीदिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।