अमेरिकी डलर, युरो र पाउण्ड घट्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर



बिजमाण्डू
२०८३ जेठ ३० गते ०७:३० | Jun 13, 2026
अमेरिकी डलर, युरो र पाउण्ड घट्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्डको विनिमय दर घटेको छ। अघिल्लो दिनका तुलनामा जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, र ओमान रियाल पनि घटेका छन्।

Tata
GBIME
Nepal Life

डलर घट्दा सुनको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन २४ घण्टामा प्रति औंस ११२.८८ डलर महँगिएको छ। प्रति औंस ४२१०.९ डलरले कारोबार भइरहेको छ। चाँदी पनि ३.८४ डलर बढेर प्रति औंस ६७.७८ डलर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा भएको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५२ पैसा थियो।

युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५० पैसा भएको छ। शुक्रबार खरिद दर १७६ रुपैयाँ ४३ पैसा र बिक्री दर १७७ रुपैयाँ १२ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०३ रुपैयाँ ७३ पैसा र बिक्री दर २०४ रुपैयाँ ५४ पैसा भएको छ। शुक्रबार खरिद दर २०४ रुपैयाँ ३५ पैसा र बिक्री दर २०५ रुपैयाँ १६ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १९० रुपैयाँ ७८ पैसा र बिक्री दर १९१ रुपैयाँ ५३ पैसा भएको छ। शुक्रबार खरिद दर १९१ रुपैयाँ ३२ पैसा र बिक्री दर १९२ रुपैयाँ ७ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५१.८८१५२.४८
युरोपियन युरो१७५.८०१७६.५०
पाउण्ड स्टर्लिङ२०३.७३२०४.५४
स्विस फ्रयांक१९०.७८१९१.५३
अष्ट्रेलियन डलर१०६.९२१०७.३५
क्यानेडियन डलर१०८.५८१०९.०१
सिंगापुर डलर११८.३०११८.७७
जापानी येन१०९.४८९.५२
चिनियाँ युआन२२.४६२२.५५
साउदी रियाल४०.४७४०.६३
कतारी रियाल४१.६६४१.८२
थाइ भाट४.६४४.६६
यूएई दिराम४१.३५४१.५२
मलेसियन रिंगेट३७.४३३७.५८
साउथ कोरियन वोन१००१०.००१०.०४
स्वीडिश क्रोनर१६.१०१६.१६
डेनिश क्रोनर२३.५२२३.६१
हङकङ डलर१९.३८१९.४६
कुवेती दिनार४९४.३२४९६.२७
बहरेन दिनार४०२.७८४०४.३८
ओमानी रियाल३९४.४७३९६.०३
स्रोत : नेपाल राष्ट्र बैंक