वाणिज्य बैंकहरुको नाफा १८ प्रतिशतले बढ्यो, ‘कष्ट अफ फण्ड’ घट्दा मुनाफामा राहत



बिजमाण्डू
२०८३ जेठ २९ गते १८:१२ | Jun 12, 2026
वाणिज्य बैंकहरुको नाफा १८ प्रतिशतले बढ्यो, ‘कष्ट अफ फण्ड’ घट्दा मुनाफामा राहत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा १८.१६ प्रतिशतले बढेर ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए।

१० महिनामा नबिल बैंक ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ नाफासहित अग्रस्थानमा रहेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ५ अर्ब १९ करोड रुपैयाँ र कुमारी बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

कुमारी बैंकको नाफा सबैभन्दा धेरै ८३३.१ प्रतिशतले बढेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा ८१.६४ प्रतिशत, सानिमा बैंकको ४३.६६ प्रतिशत र माछापुच्छ्रे बैंकको नाफा ४३.२१ प्रतिशतले बढेको छ।

आधा दर्जन बैंकको नाफा भने घटेको छ। प्रभु बैंकको नाफा ४१.७ प्रतिशत, नेपाल बैंकको नाफा ९.१४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २४.२५ प्रतिशतले कमी आएको छ। एनआइसी एसिया बैंकको नाफा ३०.४४ प्रतिशत र एभरेष्ट बैंकको ५.१८ प्रतिशतले घटेको देखिन्छ।

बैंकहरूको नाफा वृद्धिमा ‘कष्ट अफ फण्ड’ घट्नु मुख्य कारणका रूपमा देखिएको छ। निक्षेपको ब्याजदर घटेसँगै ब्याज खर्च कम हुँदा खुद ब्याज आम्दानीमा सुधार आएको छ।

साथै खराब कर्जा व्यवस्थापनमा सुधार, संचालन खर्च नियन्त्रण तथा गैरब्याज आम्दानी वृद्धिले पनि बैंकहरुको नाफामा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

बैंकरहरुका अनुसार ब्याजदर स्थिर रहेमा र कर्जा विस्तारले गति लिएमा आगामी महिनामा पनि बैंकहरुको नाफामा सुधारको क्रम कायम रहने सम्भावना छ।

कुन बैंकको कति नाफा ?

बैंकहरु२०८३ वैशाखसम्मको नाफा (दशलाखमा)२०८२ वैशाखसम्मको नाफा (दशलाखमा)नाफा फरक (प्रतिशतमा)
नेपाल२,९८८.०९३,२८८.७७-९.१४
राष्ट्रिय वाणिज्य३,२१५.७३१,७७०.४३८१.६४
नबिल७,६६९.६८५,६०३.९१३६.८६
नेपाल इन्भेष्टमेन्ट मेगा३,८०३.२७५,०२०.८३-२४.२५
स्टान्डर्ड चार्टर्ड२,३५६.२६२,३४६.४२०.४२
हिमालयन८०२.८४६८३.४४१७.४७
नेपाल एसबिआई१,६८०.५५१,३८२.०७२१.६
एभरेष्ट३,७०१.२१३,९०३.३०-५.१८
एनआईसी एसिया३३२.९६४७८.७-३०.४४
माछापुच्छ्रे१,८८१.१११,३१३.५३४३.२१
कुमारी४,४९६.९६४८१.९४८३३.१
लक्ष्मी सनराइज२,४६१.६१२,१५६.५४१४.१५
सिद्धार्थ२,३८८.९३२,०११.१६१८.७८
कृषि१,५९६.९३१,७३३.८०-७.८९
ग्लोबल५,१९१.०७५,३५५.४१-३.०७
सिटिजन्स१,४९९.०६१,१८१.५१२६.८८
प्राइम३,४०६.१७२,५८५.५९३१.७४
एनएमबि३,१४८.७०२,६२५.४९१९.९३
प्रभु१,१६६.७९२,००१.४०-४१.७
सानिमा२,६८७.१११,८७०.५०४३.६६
कूल५६,४७५.०३४७,७९४.७४१८.१६
स्रोत: नेपाल राष्ट्र बैंक