नबिल बैंकले सुरु गर्‍यो नेपाल-भारत-नेपाल क्रसबोर्डर पीटूपी रेमिटेन्स सेवा, यस्तो छ सीमा



बिजमाण्डू
२०८३ जेठ २४ गते १३:५३ | Jun 7, 2026
नबिल बैंकले सुरु गर्‍यो नेपाल-भारत-नेपाल क्रसबोर्डर पीटूपी रेमिटेन्स सेवा, यस्तो छ सीमा

काठमाडौं। नबिल बैंकले नेपाल-भारत-नेपाल क्रसबोर्डर पर्सन-टु-पर्सन (पीटूपी) रेमिटेन्स सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्।

त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन यो सेवा डिजाइन गरिएको बताए। ‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो। यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले भने।

बैंकले यो सेवाको प्रयोगमा सीमा तोकेको छ। नेपालबाट भारतमा पठाउँदा दैनिक अधिकतम १५ हजार भारु र मासिक १ लाख भारु तथा भारतबाट नेपालमा पठाउँदा दैनिक २ लाखसम्म भारु सीमा तोकेको हो। भारतबाट नेपालमा पठाउँदा मासिक सीमा भने तोकिएको छैन।

बैंकले यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस यूपीआई)को सहकार्यमा सञ्चालन गरेको हो।