अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा



बिजमाण्डू
२०८३ जेठ २१ गते २३:१४ | Jun 4, 2026
अवकाश पाउन लागेका सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई म्यासेज पठाएपछि ६ घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौं। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले ६ घण्टाभन्दा बढी नियन्त्रणमा लिएर छाडेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनमा रहेको घरबाट नियन्त्रणमा लिएर टेकु पुर्‍याएको थियो।

Tata
GBIME
Nepal Life

उच्च स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन शाहलाई म्यासेज पठाएका थिए। एक महिनापछि अवकाश पाउन लागेका शाहले सोझै म्यासेज पठाएपछि नियन्त्रणमा लिइएको स्रोतले बतायो। ‘सचिवज्यूले सोझै म्यासेज पठाउनुभएको रहेछ। चेन अफ कमाण्ड ब्रिज गरेर म्यासेज पठाएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ स्रोतले भन्यो, ‘अघि साढे १० बजेतिर उहाँलाई छाडिएको हो।’ स्रोतका अनुसार उनले एक महिनापछि आफू अवकाश पाउन लागेको लगायतका विषय समेट्दै म्यासेज पठाएका थिए।

यो म्यासेजपछि उनलाई नियन्त्रणमा लिइएको हो। पुष्कर सुशीला कार्कीको सरकारका पालामा श्रम सचिव थिए। राजस्व, अर्थहुँदै मुख्यसचिवको समेत उनी प्रतिस्पर्धी थिए।