काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुन अब एक हप्ता पनि बाँकी छैन। विश्वकप नजिकिँदै गर्दा यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ।
क्रिकेटमा टी-२० विश्वकप खेले पनि फुटबलमा नेपाल विश्वकपबाट धेरै टाढा छ। यसको बावजुद विश्वकपको माहोल भने नेपालमा कम छैन। बजारमा टीभीदेखि जर्सीको व्यापार बढेको छ।


नेपालमा अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, स्पेन, फ्रान्स, इङ्ग्ल्याण्ड लगायत देशको फ्यानहरू धेरै छन्। जर्सीमध्ये पनि अर्जेन्टिनाका मेस्सी, ब्राजिलका नेइमार तथा पोर्चुगलका खेलाडी क्रिस्टयानो रोनाल्डोको जर्सी धेरै खोजिन्छ। सप्लाइ पनि त्यही अनुसारको छ।


अमेरिका, क्यानडा र मेक्सिकोले यो संस्करणमा विश्वकप आयोजना गर्दैछन्। ४८ वटा टोलीले उपाधिका लागि भिड्दैछन्।











