परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री जयशंकरको निम्तामा नयाँ दिल्ली प्रस्थान

बिजमाण्डू
२०८३ जेठ २२ गते १३:०२ | Jun 5, 2026
परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री जयशंकरको निम्तामा नयाँ दिल्ली प्रस्थान


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि निस्किएका छन्। उनी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन्।

Vigo
GBIME
Tata

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा खनाल शुक्रबार नयाँ दिल्लीका लागि हिँडेका हुन्।

तीन दिने भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ।