काठमाडौं। कुशल भुर्तेल लगातार दुई वटा टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो नेपाली ब्याटर बनेका छन्।
एसियन गेम्स छनोटअन्तर्गत बिहीबार जारी समूहको दुवै खेलमा भुर्तेलले शतक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
सिंगापुरमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालको इनिङ्स उकास्न भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १ सय २६ रन बनाए। उनको शतकको सहायतामा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो।
यसअघिको खेलमा पनि भुर्तेलले चीनविरुद्ध शतकीय इनिङ्स खेलेका थिए।
मलेसियालाई विशाल लक्ष्य दिने क्रममा आशिफ शेखले ६८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३१ तथा सन्दीप जोराले १५ रन बनाए।
बलिङमा मलेसियाका विरनदीप सिंहले ३ विकेट लिँदा सइद अजिज र विजय युनीले समान २ विकेट लिए।
यी दुवै टोलीले जापानमा हुने एसियन गेम्समा भने स्थान बनाइसकेका छन्। मलेसिया जवाफी ब्याटिङमा उत्रिँदैछ।











