‘रोड टू यूएफसी’ : फिलिपिन्सका खेलाडीलाई हराउँदै रवीन्द्रको विजयी सुरुवात



बिजमाण्डू
२०८३ जेठ १४ गते २०:०८ | May 28, 2026
‘रोड टू यूएफसी’ : फिलिपिन्सका खेलाडीलाई हराउँदै रवीन्द्रको विजयी सुरुवात


काठमाडौं। एमएलए फाइटर रवीन्द्र ढाटले यूएफसी छनोटमा विजयी सुरुवात गरेका छन्। आज सम्पन्न खेलमा फिलिपिन्सका खेलाडीलाई हराउँदै बलियो सुरुवात गरेका हुन्।

Tata
GBIME

मकाउमा जारी रोड टू यूएफसी सिजन ५ मा उनले सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन्। ‘बझाङको बाघ’ भनेर चिनिने ढाटको यो खेल हेर्न नेपालीहरुको ठूलो उपस्थिति थियो। उनी यूएफसीको छनोटमा सेमिफाइनल पुगेका एक्लो नेपाली खेलाडी हुन्।

‘रोड टू यूएफसी’  मिक्सड मार्सल आर्ट्स (एमएम)मा एसियाली खेलाडीहरूका लागि विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टेज यूएफसीमा प्रवेश पाउने मार्ग हो। यूएफसीले एसियाका उत्कृष्ट र उदीयमान फाइटरहरूलाई आफ्नो प्रतिभा देखाउन र सिधै यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने मौका यो प्रतियोगितामार्फत दिन्छ। रवीन्द्रले अब सेमिफाइनल र फाइनल जितेको खण्डमा यूएफसीको सम्झौता पाउने पहिलो खेलाडी बन्नेछन्।