काठमाडौंमा सुरु भयो ‘ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’, प्रथम हुनेलाई ५० हजार (तस्विरहरु)



प्रवीण रानाभाट
२०८३ जेठ १४ गते १६:२४ | May 28, 2026
काठमाडौंमा सुरु भयो ‘ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’, प्रथम हुनेलाई ५० हजार (तस्विरहरु)


काठमाडौं । तेस्रो संस्करणको ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ सुरु भएको छ। नेपालमा खेलकुद पर्वतारोहण प्रवर्धन गर्ने उद्देश्यसहित काठमाडौंमा आजदेखि प्रतियोगिता सुरु भएको हो।

Tata
GBIME

नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (एनएनएमजीए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्क.को संयुक्त आयोजनामा यो प्रतियोगिता भइरहेको हो।

प्रतियोगिताको उद्घाटन ठमेलस्थित एस्टरेक क्लाइम्बिङ वालमा गरिएको हो। आयोजकका अनुसार प्रतियोगितामा २७ पुरुष र ११ महिला खेलाडी सहभागी छन्। सहभागीमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक पनि रहेका छन्।

यस वर्षको संस्करण विशेष रूपमा पहिलो पटक लिड क्लाइम्बिङ विधामा आयोजना गरिएको जनाइएको छ। यसअघि दुई संस्करणहरू टप-रोप क्लाइम्बिङ विधामा मात्र सीमित थिए।

पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ। विजेताहरूलाई प्रथम स्थानका लागि ५० हजार, दोस्रोका लागि ३० हजार र तेस्रोका लागि २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको फाइनल कार्यक्रम मे २९ मा हुनेछ।