चीनलाई १९ रनले हराउँदै एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात



बिजमाण्डू
२०८३ जेठ १३ गते १५:१८ | May 27, 2026
चीनलाई १९ रनले हराउँदै एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात
प्रतिस्पर्धामा नेपाल र चीन। तस्बिर: क्यान


काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले चीनलाई हराएको छ। एसियन गेम्स छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो।

Tata
GBIME

मलेसियाको क्वललाम्पुरस्थित वायुमास ओभल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ६३ रन बनाउँदा रुबि पोद्दारले २२ तथा सोनी पाख्रिनले १८ रन बनाए। बलिङमा मा रुइके २ विकेट लिँदा वाङ हुइलिङ र जियापिङ लीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चीन ५ विकेट गुमाएर १०६ रनमा समेटियो। चीनका लागि कप्तान मिनगुइ जुले सर्वाधिक ३० रन बनाउँदा वाङ हुइयिङले २१ तथा वेइ हाइटिङले १८ रन बनाए। बलिङमा नेपालका लागि रिया शर्माले २ विकेट लिँदा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १ विकेट लिए।

नेपालले अब अर्को खेलमा इन्डोनेसियासँग बिहीबार खेल्नेछ। ६ टोलीसम्मिलित छनोटको समूह ‘ए’मा हङकङ, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा नेपाल, इन्डोनेसिया र चीन छन्।