काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक नीति २०६७ परिमार्जन गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्द राष्ट्रपति रामचन्द्र पौडेले नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने बताएका हुन्।
स्टार्टअप र लघु तथा साना मझौला उद्योगलाई बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवर्धन सुविधा स्थापना गरिने उनले बताएका हुन्।
साथै, नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनिकरण कार्ययोजनाको प्रभावकारी कार्यान्यवन गरिने पनि जनाइएको छ।










