देवीनगरस्थित नदी किनारमा अतिक्रमण गरेर बनाइएका भवनहरूमा चल्यो डोजर (तस्बिरहरू)

सुशील श्रेष्ठ
२०८३ बैशाख २० गते १३:४४ | May 3, 2026
देवीनगरस्थित नदी किनारमा अतिक्रमण गरेर बनाइएका भवनहरूमा चल्यो डोजर (तस्बिरहरू)


काठमाडौं। काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आइतबार पनि जारी छ।

Vigo
GBIME
Tata

आइतबार देवीनगरस्थित नदी किनारमा रहेका भवनहरू भत्काउन थालिएका छ। रुद्रमती चोकस्थित ईन्द्र चाम्लिङको ८ तले भवन पनि भत्काउन थालिएको हो।

सरकारले शनिबार कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाएको थियो। सो क्रममा माछापोखरीको श्रीउर्गेन गुम्बासँगै स्कुल र अन्य खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चलेका थिए।

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो। हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब २ हजार घरटहरा हटाइएको छ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ। सहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत संकलन गरिरहेका छन्।