लुम्बिनीमा बुद्ध जयन्तीको चहलपहल, मायादेवी मन्दिर परिसर पुग्नेको घुइँचो (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ बैशाख १८ गते १४:५० | May 1, 2026
लुम्बिनीमा बुद्ध जयन्तीको चहलपहल, मायादेवी  मन्दिर परिसर पुग्नेको घुइँचो (तस्विरहरु)


लुम्बिनी । सिद्धार्थ गौतमको २५७०औँ जयन्तीको अवसरमा आज लुम्बिनी क्षेत्रमा भक्तजनको भिड छ। भगवान् बुद्धको पूजा, आराधना एवं प्रवचन गरि आज देशभर बुद्ध जयन्ती मनाइँदै छ।

Vigo
GBIME
Tata

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

आज बिहानैदेखि लुम्बिनी पुग्ने र सिद्धार्थ गौतमको जन्मस्थल दर्शन गर्नेको घुइँचो लागेको छ।