शंखमुल-बुद्धनगर क्षेत्रमा आफैं पक्की घर भत्काउँदै, सामान ओसार्न भ्याइनभ्याइ (तस्विरहरु)



बिजमाण्डू
२०८३ बैशाख १७ गते १७:२५ | Apr 30, 2026
शंखमुल-बुद्धनगर क्षेत्रमा आफैं पक्की घर भत्काउँदै, सामान ओसार्न भ्याइनभ्याइ (तस्विरहरु)


काठमाडौं । सरकारले सुकुम्बासी बस्ती खाली गराउन तिब्रता दिएसँगै काठमाडौंको शंखमुलमा बस्दै आएकाहरुले सामान ओसार्न थालेका छन्।

Tata
GBIME

शंखमुलको बुद्धनगर क्षेत्रमा बागमती नदी किनारमा रहेका सुकुम्बासीहरुले सामान सुरक्षित साथ निकाल्न थालेका हुन्। आज बिहानैदेखि उनीहरुले सामान निकालिरहेका हुन्।

सरकारले उनीहरुलाई आजसम्म ठाउँ खाली गर्द उर्दी जारी गरेको छ। सरकारले डोजर लगाएर त्यहाँ बनाइएका घरटहरा हटाउने तयारी गरेको छ।

सो क्षेत्रमा ३-४ तल्लेसम्मका पक्की घरहरु रहेका छन्। त्यहाँ बस्दै आएकाहरुले आफै घरटहरासमेत भत्काइरहेका छन्।