सेयर बजारमा लगानी बढाएका म्युचुअल फण्डलाई नेप्से सूचक घट्दा धक्का, कुनको न्याभ कति?



सुनिल कुँवर
२०८३ बैशाख १६ गते ०९:०० | Apr 29, 2026
सेयर बजारमा लगानी बढाएका म्युचुअल फण्डलाई नेप्से सूचक घट्दा धक्का, कुनको न्याभ कति?

काठमाडौं। नयाँ सरकार गठनपछि सेयर बजार उकालो लाग्न नसके पनि म्युचुअल फण्डले लगानी बढाएका छन्। म्युचुअल फण्डले पछिल्लो एक महिनामा सेयर बजारमा ३.३२ प्रतिशतले लगानी बढाएका हुन्।

Tata
GBIME
Nepal Life

वित्तीय विवरण सार्वजनिक गरेका खुला र बन्दमुखी गरी ५६ वटा म्युचुअल फण्डले चैत मसान्तसम्म ६५ अर्ब १३ करोड ६४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

यो रकम अघिल्लो महिनासम्म भन्दा २ अर्ब ९ करोड रुपैयाँ धेरै हो। बैंकको ब्याजदर निरन्तर ओरालो लागेपछि म्युचुअल फण्डले सेयर बजारमा लगानी ब‍ढाएका हुन्।

३५ वटा म्युचुअल फण्डले सेयर बजारमा लगानी बढाएका छन्। बजारमा सिटिजन्स सन्तुलित योजनाले सबैभन्दा धेरै ९०.९४ प्रतिशतले लगानी बढाएको छ। यस योजनाले यो वर्ष चैत मसान्तसम्म ७७ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो महिनासम्म यस्तो लगानी ४० करोड ६१ लाख रुपैयाँ थियो।

एनआइबीएल सहभागिता फण्डले सेयर बजारमा सर्वाधिक ८ अर्ब १८ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ। २० वटा म्युचुअल फण्डले भने सेयर बजारमा लगानी घटाएका छन्।

म्युचुअल फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी र बैंक मौज्दात रकम लाखमा

म्युचुअल फण्ड२०८२ चैतसम्म सेयर बजारमा लगानी२०८२ फागुनसम्म सेयर बजारमा लगानीफरक %२०८२ चैतसम्मको बैंक मौज्दात२०८२ फागुनसम्मको बैंक मौज्दातफरक %
एनआइबिएल सहभागिता फण्ड८१८१३८३३२६-१.८२८१३१७८८८३.०८
एनएमबि सरल बचत फण्ड ई४३१३१४०४१०६.७३२८०४३६९६-२४.१३
सिद्धार्थ व्यवस्थित लगानी योजना२५६८७२२८६४१२.३५३२३१३४९०-७.४२
एचएलआइ लार्ज क्याप२०५७८२०४४५०.६५१६४८५१७७३३-७.०४
नबिल फ्लेक्सी क्याप फण्ड१९४२८१६६९०१६.४१३३०७३८२५-१३.५४
प्रभु सेलेक्ट फण्ड१७००६१४४६११७.६४००४००
प्रभु स्मार्ट फण्ड१५७३४१२५३६२५.५१२३३१३८६८.८४
कुमारी धनवृद्धि योजना१४८२४११४९४२८.९७७९६८९६-११.१६
नेपाल लाइफ समृद्धि लगानी योजना१४७९३११२१९३१.८६५०९३९०९६-४४.०१
सिद्धार्थ इक्विटी फण्ड१४१५९१३२२४७.०७१९९७२०७८-३.९
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २१३१८०१२८०६२.९२३२५३८३-१५.१४
ग्लोबल आइएमई समुन्नति योजना २१२७८५१२६४९१.०८
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड१२१५९१०६९२१३.७२३१११३८७५-१९.७२
एनआइबिएल समृद्धि फण्ड २११९२५१२७६४-६.५७१४९६७९९८७.२३
गरिमा समृद्धि योजना११८१५११८७४-०.५९२२८०५१४.५३
एनएमबि ५०११८०३११७२३०.६८७२५४१७७३.८६
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २११७७०११२७९४.३५१६७९१२११३८.६५
मुक्तिनाथ म्युचुअल फण्ड १११५४६११३७२१.५३१०४०११०३-५.७१
रिलायबल समृद्धि योजना११३३६११००९२.९७१०४९१०६८-१.७८
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड ११११५७१११७०-०.१२
आरबिबि म्युचुअल फण्ड १११०३३१०९३९०.८६८६८७६०१४.२१
एनआइसी एसिया सेलेक्ट ३०११००११०७९८१.८८१३८०१५९३-१३.३७
कुमारी सुनौलो लगानी योजना१०५३६८८७२१८.७६९२४७७७१८.९२
सनराइज ब्लुचिप फण्ड१०५२१११३४२-७.२४२१०६१०९४९२.५
कुमारी इक्विटी फण्ड१०५१६८२१५२८.०१७००५५१२७.०४
आरबिबि फोकस ४०१०४२२९८०२६.३३२४१८२७७६-१२.९
सानिमा लार्ज क्याप१०१४०९६७८४.७७११७०१४५९-१९.८१
मेगा म्युचुअल फण्ड १९९९९११३१०-११.५९१४८४१०६६३९.२१
एनआइबिएल ग्रोथ फण्ड९७७२१०८३७-९.८३१७७९८८४६-७९.८९
नबिल ब्यालेन्सड फण्ड ३९७६५१००८८-३.२१७९६९४७८९.६५
एमबिएल इक्विटी फण्ड९४६५१०७०३-११.५७२४८०१३८७७८.८
सनराइज फोकस्ड इक्विटी फण्ड९३७८९८७१-४.९९१५५७८४१८५.१४
एनआइबिएल स्टेबल फण्ड९२४३१०२४७-९.८२०१३११३५७७.३६
एनआइसी एसिया ग्रोथ फण्ड २८९१२८६९०२.५५५६५८३३-३२.१७
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड८७०१८०१८८.५२१७५२२३५७-२५.६७
नबिल ब्यालेन्सड फण्ड २८४७६८०४३५.३८१२७२१२२५३.८४
आरबिबि म्युचुअल फण्ड २८२९६८११९२.१८८७४७८६११.२
हिमालयन ८०-२०८०९८८९९२-९.९४२५१५१४०१७९.५१
सिटिजन्स सन्तुलित योजना७७५४४०६१९०.९४४६७४८२७२-४३.५
कुमारी सबल योजना७३६०७०९०३.८१५५९५५३१.०८
सनराइज फर्स्ट म्युचुअल फण्ड७१४८७४०३-३.४४११९६८०१४९.३१
लक्ष्मी भ्यालु फण्ड २७१३८७७०२-७.३२१३१६७९८६४.९१
एनआइसी एसिया इक्विटी लिंकड् इन्भेष्टमेन्ट स्किम६५३१५३९०२१.१७९४७२०१४-५२.९८
सिटिजन्स सदाबहार योजना६४३५६७३०-४.३८७५५७७७-२.८३
सिटिजन्स सुपर ३०६३२४६४३८-१.७७१५१११२८५१७.५९
सानिमा ग्रोथ फण्ड५६९१५२९१७.५६७००१११५-३७.२२
शुभलक्ष्मी कोष५३१५५५६३-४.४६२५४८२०३३२५.३३
एनआइसी एसिया ब्यालेन्स फण्ड५१९८५०३३३.२८३८२४७०-१८.७२
लक्ष्मी उन्नति कोष४९६२५८०३-१४.४९२०७१९४३११९.६२
सिटिजन म्युचुअल फण्ड २४६५९४९८३-६.५११६२८९१३०.४२
प्रभु व्यवस्थित लगानी योजना४१७४३६९२१३.०६३५२४६०-२३.४८
सानिमा फ्लेक्सी फण्ड३८०१३१२९२१.४८९५२१६४४-४२.०९
माछापुच्छ्रे एसआइपी योजना३००७२४९३२०.६२९४२७५४२४.९३
एनआई ३१२२५२२०८८७.८५१०१५७०७४३.५६
एनएमबि हाइब्रिड एल २२१७४८९९८-७५.८४१२५७१३११-४.१२
गरिमा सुवर्ण योजना५३८६५९६
कुल६५१३६४६३०४५८३.३२१०९४१२११३५६३-३.६६
स्रोत : व्यवस्थापकले सार्वजनिक गरेको ब्यालेन्स सिट

बैंकको ब्याजदर निरन्तर ओरालो लागेका कारण अधिकांश म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी शून्य बनाएका छन्। अहिले बैंकको मुद्दतीको ब्याजदर २ प्रतिशतभन्दा तल्लो विन्दुमा झरेको छ। मुद्दतीमा लगानीले लागत समेत उठ्ने नदेखिएपछि म्युचुअल फण्डले लगानीको नयाँ उपकरण खोजिरहेका हुन्।

ब्याजदर न्यून भएका कारण सेयर बजारमा लगानी बढाए पनि त्यहाँबाट समेत प्रतिफल हासिल गर्न नसकेको मर्चेन्ट बैंकरहरु बताउँछन्।

करिब दुई तिहाइ बहुमतिसहित नयाँ सरकार गठन भएको एक महिना भइसक्दा पनि नेप्से परिसूचक लगभग एउटै विन्दुमा छ।

निर्वाचनपछि २९६० विन्दुमा पुगेको नेप्से परिसूचक नयाँ सरकार बनेपछि २६७६ विन्दुसम्म झरेकामा अहिले २७७० अंकमा छ। बजारले उचाइ लिन नसकेका कारण म्युचुअल फण्ड थप लगानीका लागि पर्ख र हेरको अवस्थामा छन्।

चैतसम्म म्युचुअल फण्डको बैंक मौज्दात १० अर्ब ९४ करोड रुपैयाँ छ। फागुनसम्मको तुलनामा यो रकम ३.६६ प्रतिशत कम हो। यो वर्ष फागुनसम्म म्युचुअल फण्डको बैंक मौज्दात ११ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो।

मुद्दती निक्षेपमा चैतसम्म ८ वटा म्युचुअल फण्डको लगानी ७० करोड ३९ लाख रुपैयाँ छ। यो रकम अघिल्लो महिनाको तुलनामा ३.१९ प्रतिशत कम हो। बैंकको मुद्दती निक्षेपमा ४८ वटा म्युचुअल फण्डले लगानी शून्य बनाएका छन्।

म्युचुअल फण्डको मुद्दतीमा लगानी लाख र न्याभ रुपैयाँमा

म्युचुअल फण्ड२०८२ चैतसम्म मुद्दतीमा लगानी२०८२ फागुनसम्म मुद्दतीमा लगानीफरक %२०८२ चैतको न्याभ२०८२ फागुनको न्याभफरक %
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड ११२.३५१२.३८-०.०३
ग्लोबल आइएमई समुन्नति योजना २१०.४६१०.४०.०६
एनएमबि सरल बचत फण्ड ई८५०८५०१०.८९११.०१-०.१२
एनएमबि ५०१०.७६१०.८६-०.१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २१२.११२.२-०.१
एनएमबि हाइब्रिड एल २२०९०२०९०१०.६८१०.७५-०.०७
एचएलआई लार्ज क्याप९.३२९.६४-०.३२
रिलायबल समृद्धि योजना१०००१०००११.५३११.२९०.२४
नेपाल लाइफ समृद्धि लगानी योजना९.९५१०.१५-०.२
सिद्धार्थ इक्विटी फण्ड१०.९५१०.५५०.४
सिद्धार्थ व्यवस्थित लगानी योजना११.१४११.१०.०४
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २११.५३१०.९८०.५५
एमबिएल इक्विटी फण्ड१२००१२००११.३४११.४६-०.१२
माछापुच्छ्रे एसआइपी योजना११.६११०.५८१.०३
एनआइसी एसिया ब्यालेन्स फण्ड१०.३८१०.४७-०.०९
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड१०.१२१०.२१-०.०९
एनआइसी एसिया सेलेक्ट ३०९.८९१०.०४-०.१५
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड१०.३९१०.५२-०.१३
एनआइसी एसिया ग्रोथ फण्ड २१०.४७१०.६७-०.२
एनआइसी एसिया इक्विटी लिंकड् इन्भेष्टमेन्ट स्किम१०.०६१०.२२-०.१६
कुमारी इक्विटी फण्ड१२.८४१०.५५२.२९
कुमारी धनवृद्धि योजना१३.७४११.४१२.३३
कुमारी सुनौलो लगानी योजना१२.६११.७९०.८१
कुमारी सबल योजना१०.८४१०.७५०.०९
आरबिबि म्युचुअल फण्ड ११०.६३१०.५५०.०८
आरबिबि म्युचुअल फण्ड २११.२५११.२६-०.०१
आरबिबि फोकस ४०१०.२७१०.३६-०.०९
नबिल ब्यालेन्सड फण्ड ३१०.७८१०.७६०.०२
नबिल फ्लेक्सी क्याप फण्ड१०.८३१०.९८-०.१५
नबिल ब्यालेन्सड फण्ड २१०.७९१०.८३-०.०४
एनआई ३११०.६१०.६७-०.०७
एनआइबिएल ग्रोथ फण्ड१०.१३१०.२६-०.१३
एनआइबिएल समृद्धि फण्ड २१०.११०.२५-०.१५
एनआइबिएल सहभागिता फण्ड१०.४६११.०४-०.५८
मेगा म्युचुअल फण्ड १९.९८१०.१५-०.१७
एनआइबिएल स्टेबल फण्ड१०.०४१०.२६-०.२२
गरिमा समृद्धि योजना१०.८९१०.८५०.०४
गरिमा सुवर्ण योजना९.९३९.९३
मुक्तिनाथ म्युचुअल फण्ड १३००३००१०.९७१०.८६०.११
हिमालयन ८०-२०११५०११५०१२.८११२.५८०.२३
प्रभु सेलेक्ट फण्ड३४९५८१-३९.९३१४.३५१२.७५१.६
प्रभु स्मार्ट फण्ड१५.८५१२.९८२.८७
प्रभु व्यवस्थित लगानी योजना११.१११०.६८०.४३
सिटिजन म्युचुअल फण्ड २१०.५२१०.६२-०.१
सिटिजन्स सुपर ३०४००४००१०.९९११-०.०१
सिटिजन्स सन्तुलित योजना१०.०२१०.११-०.०९
सिटिजन्स सदाबहार योजना१०.५७१०.७५-०.१८
सनराइज फर्स्ट म्युचुअल फण्ड१०.८२१०.८६-०.०४
सनराइज ब्लुचिप फण्ड१०.३६१०.३९-०.०३
सनराइज फोकस्ड इक्विटी फण्ड११.१११.१४-०.०४
लक्ष्मी भ्यालु फण्ड २१०.६११०.८१-०.२
लक्ष्मी उन्नति कोष१०.६१०.६
शुभलक्ष्मी कोष१०.६४१०.८५-०.२१
सानिमा फ्लेक्सी फण्ड१०.७११०.६८०.०३
सानिमा ग्रोथ फण्ड५५०५५०१०.९९१०.९६०.०३
सानिमा लार्ज क्याप१०.६५१०.६०.०५
कुल७८८९८१२१-२.८६
स्रोत : व्यवस्थापकले सार्वजनिक गरेको ब्यालेन्स सिट

ब्याजदर घटेपछि सेयर बजारमा लगानी बढाएका म्युचुअल फण्ड मध्ये केहीको खुद सम्पत्तिको मूल्य बढेको छ भने केहीको घटेको छ।

चैतमा ३३ वटाको न्याभ घट्दा २३ वटाले बढाएका छन्। फागुनमा प्रतिनिधि सभाको निर्वाचनपछि सेयर बजार बढ्दा त्यसको प्रभाव म्युचुअल फण्डको आम्दानीमा देखिएको थियो।