अमेरिकी डलरसँगै सुनको मूल्यमा गिरावट, युरो र पाउण्डमा बढे, यस्तो छ आज विनिमय दर



बिजमाण्डू
२०८३ साउन १६ गते ०७:०४ | Aug 1, 2026
अमेरिकी डलरसँगै सुनको मूल्यमा गिरावट, युरो र पाउण्डमा बढे, यस्तो छ आज विनिमय दर


काठमाडौं। अमेरिकी डलरको मूल्यमा गिरावट आउँदा युरो र पाउण्ड स्टर्लिङ बलियो बनेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्यमा गिरावट छ। चिनियाँ युआनसहित खाडी देशका मुद्रा पनि घटेका छन्।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ३२ पैसा र बिक्री दर १५२ रुपैयाँ ९२ पैसा भएको छ। गत बिहीबारका तुलनामा ६ पैसा बढेर शुक्रबार खरिद दर १५२ रुपैयाँ ८० पैसा र बिक्री दर १५३ रुपैयाँ ४० पैसा थियो।

युरोपियन युरो अघिल्लो दिनका तुलनामा ६ पैसाले बलियो हुँदै खरिद दर १७५ रुपैयाँ २६ पैसा र बिक्री दर १७५ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर १७५ रुपैयाँ १९ पैसा र बिक्री दर १७५ रुपैयाँ ८८ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर २०४ रुपैयाँ ८९ पैसा र बिक्री दर २०५ रुपैयाँ ६९ पैसा भएको छ। शुक्रबार खरिद दर २०४ रुपैयाँ ४५ पैसा र बिक्री दर २०५ रुपैयाँ २६ पैसा थियो। स्वीस फ्रयांक पनि बढेर खरिद दर १८८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८९ रुपैयाँ २० पैसा भएको छ। शुक्रबार खरिद दर १८७ रुपैयाँ ७१ पैसा र बिक्री दर १८८ रुपैयाँ ४५ पैसा थियो।

अष्ट्रेलियन डलर बढेर खरिद दर १०७ रुपैयाँ १६ पैसा र बिक्री दर १०७ रुपैयाँ ५८ पैसा भएको छ। शुक्रबार खरिद दर १०६ रुपैयाँ ५६ पैसा र बिक्री दर १०६ रुपैयाँ ९८ पैसा थियो। क्यानेडियन डलर घटेको छ। खरिद दर १०८ रुपैयाँ ६८ पैसा र बिक्री दर १०९ रुपैयाँ ११ पैसा भएको छ। शुक्रबार खरिद दर १०८ रुपैयाँ ७७ पैसा र बिक्री दर १०९ रुपैयाँ २० पैसा पुगेको थियो।

सिंगापुर डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, साउथ कोरियन वोन, मलेसियन रिंगिट, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल घटेका छन्।  जापानी येन, थाइ भाट, डेनिश क्रोनर बढेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुन ५७.७५ डलरले कमजोर हुँदै प्रति औंस ४०४३.३६ डलरले कारोबार भइरहेको छ। चाँदी पनि १.१९ डलरले कमजोर हुँदै प्रति औंस ५७.६१ डलर भएको छ।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.३२१५२.९२
युरोपियन युरो१७५.२६१७५.९५
पाउण्ड स्टर्लिङ२०४.८९२०५.६९
स्वीस फ्रयांक१८८.४६१८९.२०
अष्ट्रेलियन डलर१०७.१६१०७.५८
क्यानेडियन डलर१०८.६८१०९.११
सिंगापुर डलर११८.६९११९.१६
जापानी येन१०९.५२९.५६
चिनियाँ युआन२२.५६२२.६५
साउदी रियाल४०.५६४०.७२
कतारी रियाल४१.८०४१.९६
थाइ भाट४.५६४.५८
यूएई दिराम४१.४७४१.६४
मलेसियन रिंगिट३७.२७३७.४२
साउथ कोरियन वोन१००१०.६०१०.६४
स्वीडिश क्रोनर१५.९७१६.०३
डेनिश क्रोनर२३.४५२३.५४
हङकङ डलर१९.४२१९.५०
कुवेती दिनार४९५.०३४९६.९८
बहरेन दिनार४०३.९८४०५.५७
ओमानी रियाल४९५.६२३९७.१८
स्रोत : नेपाल राष्ट्र बैंक