थापाथलीमा चल्यो डोजर, सुकुम्बासीका सामान सार्न सघाउँदै सुरक्षाकर्मी (हेर्नुस् १७ तस्बिरमा)

बिजमाण्डू
२०८३ बैशाख १२ गते ०९:११ | Apr 25, 2026
थापाथलीमा चल्यो डोजर, सुकुम्बासीका सामान सार्न सघाउँदै सुरक्षाकर्मी (हेर्नुस् १७ तस्बिरमा)


काठमाडौं। खोला किनारका अतिक्रमित जग्गा खाली गराउन सरकारको पूर्वघोषित योजना अनुसार शनिबार बिहानदेखि थापाथलीमा डोजर चलेको छ। सुकुम्बासीका घरटहरा भत्काउन सुरु भएको छ।

Vigo
GBIME
Tata

सुकुम्बासीहरुलाई सरकारले शुक्रबार साँझसम्म खोला किनार खाली गर्न भनेको थियो। सरकारी सूचनाअनुसार धेरै ठाउँबाट सुकुम्बासीले सामान सारेका छन्। कतिपय स्थानमा बाहिरै असरल्ल छन्।

शनिबार बिहानै परिचालित सुरक्षाकर्मीले सामान सार्न सघाएका छन्। अघिल्लोपल्टजस्तो यसपटक सुकुम्बासी प्रतिकारको मनस्थितिमा देखिएका छैनन्। खोला किनारका अतिक्रमित क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र र महानगर प्रहरी परिचालित छन्।