सरकारले डोजर चलाउने भएपछि सुकुम्बासी बस्ती खाली गरिंदै, बालेनविरुद्ध जेनजीको नाराबाजी

बिजमाण्डू
२०८३ बैशाख ११ गते ११:५८ | Apr 24, 2026
सरकारले डोजर चलाउने भएपछि सुकुम्बासी बस्ती खाली गरिंदै, बालेनविरुद्ध जेनजीको नाराबाजी


काठमाडौं। सरकारले शनिबारबाट डोजर चलाउने भनेपछि थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न थालेका छन्।

Vigo
GBIME
Tata

बस्तीका सुकुम्बासीले शुक्रबार बिहानैबाट आफ्ना सामान सार्न थालेका हुन्। कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन्।

प्रहरीले बिहीबार राति बस्ती छाड्न माइकिङ गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

प्रधानमन्त्री बालेनको निर्देशन अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा थापाथलीसहित ४ वटा सुकुम्बासी बस्तीमा डोजर चलाउन लागिएको छ।

सुमुम्बासीलाई विकल्पविना बस्तीबाट हटाउन लागेको विरोधमा केही जेनजीहरुले थापाथली पुगेर प्रधानमन्त्री बालेनको विरुद्धमा नाराबाजी गरेका छन्।