काठमाडौं । बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गा:बहालसम्म पुर्याइएको छ।
मछिन्द्रनाथसँगै मीननाथको रथयात्रा पनि सँगसँगै भइरहेको छ।

भोलि गा:बहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मंगलबजार पुर्याइनेछ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइन्छ।


























