टीयू क्रिकेट मैदानको फ्लडलाटमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल, यस्तो देखियो ड्रोनभ्युमा

प्रवीण रानाभाट
२०८३ बैशाख ७ गते २०:१५ | Apr 20, 2026
टीयू क्रिकेट मैदानको फ्लडलाटमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल, यस्तो देखियो ड्रोनभ्युमा


काठमाडौं। नेपालले पहिलो पटक घरेलु  मैदानमा फ्लडलाईटमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल अहिले यूएईसँग प्रतिस्पर्धामा छ।

Vigo
GBIME
Tata

टस जितरे नेपालले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल निकैबेर रोकिएको थियो। अहिले मौसम खुलेपछि नेपाल र यूएईबीचको खेल फेरि सुरु भएको छ।  नेपालले सुरुवाती ब्याटिङ गर्दै १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउँदा रोकिएको खेलपछि यूएई ब्याटिङमा उत्रिएको छ।

डीएलएस मेथडबाट अब यूएईले १० ओभरमा ७८ रनको लक्ष्य भेट्टाउनु पर्नेछ।

पानी पर्नुअघि कमजोर ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेलले १६ तथा अर्जुन साउदले १३ रन बनाए। त्यसपछि आएका सन्दीप जोराले ६ तथा कुशल मल्लले १७ रन बनाउँदा टोलीको इनिङ्स बढाउने जिम्मेवारी उठाउन सकेनन्।

नेपालका लागि सर्वाधिक रन कप्तान दीपेन्द्रसिंह ऐरीको छ। उनले ३५ बलमा ३२ रन बनाउँदै खेलिरहँदा क्रिजमा सन्दीप लामिछाने उनीसँग थिए।

त्यसबाहेक बसीर अहमदले १४ तथा नन्दन यादवले १३ रन बनाउँदा गुल्सन झा १ रन बनाएर पभेलियन फर्किए।

यसअघि यो मैदानमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमा भएको थियो।