नेप्सेमा ४८ कम्पनीको सेयर लकइनमा, कुनका संस्थापक सेयरधनीले कहिले बेच्न पाउँछन्?



बिजमाण्डू
२०८३ बैशाख ६ गते १६:२७ | Apr 19, 2026
नेप्सेमा ४८ कम्पनीको सेयर लकइनमा, कुनका संस्थापक सेयरधनीले कहिले बेच्न पाउँछन्?


काठमाडौं। आइपीओ बिक्री गरेर नेप्सेमा सूचीकृत ४८ कम्पनीको संस्थापक सेयर ‘लकइन’मा छ। हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, पर्यटन, इन्भेष्टमेन्ट र अन्य क्षेत्रका चार दर्जन कम्पनीको संस्थापक सेयर लकइनमा रहेको हो।

Tata
GBIME

तीमध्ये अधिकांश कम्पनीको लकइन अवधि यही वर्षभित्र सकिँदैछ। केही कम्पनीको २०८४ र १२ वटाको २०८५ मा सकिनेछ। कम्पनीको संस्थापक तथा स्थानीय र कर्मचारीलाई वितरण गरेको सेयर लकइन अवधिमा किनबेच गर्न पाइँदैन। कम्पनीको सञ्चालन सुरु हुने बित्तिकै मुख्य लगानीकर्ताहरूले सेयर बेचेर बाहिरिँदा बजारमा अस्थिरता नआओस् र कम्पनीप्रति उनीहरूको जिम्मेवारी कायम रहोस् भन्नका लागि यो नियम बनाइएको हो।

३ वर्षे लकइन अवधि सकिएपछि मात्रै संस्थापक सेयर दोस्रो बजारमा किनबेच हुन्छ। बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको संस्थापक सेयर पब्लिकमा रुपान्तरण भएर पब्लिक सेयरकै मूल्यमा किनबेच गर्न सकिने व्यवस्था छ।

सेयर बजारमा अहिले बैंक तथा वित्तीय संस्थासहित २८४ कम्पनी सूचीकृत छन्।

नेप्सेमा सूचीकृत कम्पनीको लकइन अवस्था

कम्पनीआइपीओ बाँडफाँट मितिलकइन अवधि सकिने मिति
घोराही सिमेन्ट२०८० असार ३१२०८३ असार ३०
सोनापुर२०८० असोज २४२०८३ असोज २३
सर्वोत्तम सिमेन्ट२०८० फागुन २२०८३ फागन १
‌ओम मेगाश्री फर्मास्युटिकल्स२०८१ चैत १२२०८४ चैत ११
सागर डिष्टिलरी२०८२ असोज १२२०८५ असोज ११
श्रीनगर एग्रिटेक२०८२ कात्तिक १०२०८५ कात्तिक ९
एसवाई प्यानल२०८२ कात्तिक ३०२०८५ कात्तिक २९
रिलायन्स स्पिनिङ मिल्स२०८२ पुस १८२०८५ पुस १७
पाल्पा सिमेन्ट२०८२ फागुन २९२०८५ फागुन २८
नेपाल रिपब्लिक मिडिया२०८० असार ११२०८३ असार १०
मुक्तिनाथ कृषि कम्पनी२०८० मंसिर १९२०८३ मंसिर १८
नेपाल वेयर हाउजिङ२०८० मंसिर २०२०८३ मंसिर १९
पियोर इनर्जी२०८२ वैशाख ११२०८५ वैशाख १०
ट्रेड टावर२०८२ असार १२०८५ जेठ ३०
झापा इनर्जी२०८२ असोज ८२०८५ असोज ७
सिटी होटल२०८० जेठ ५२०८३ जेठ ४
बन्दीपुर केबलकार२०८२ भदौ ३०२०८५ भदौ २९
होटल फरेस्ट इन२०८२ फागुन ४२०८५ फागुन ३
हाथवे इन्भेष्टमेन्ट नेपाल२०८० असोज २२०८३ असोज १
माइ खोला हाइड्रोपावर२०८० वैशाख १९२०८३ वैशाख १८
दोल्ती पावर कम्पनी२०८० वैशाख ८२०८३ वैशाख ७
मेन्छियाम हाइड्रोपावर२०८० वैशाख १३२०८३ वैशाख १२
इङ्वा हाइड्रोपावर२०८० वैशाख २७२०८३ वैशाख २६
मोदी इनर्जी२०८० वैशाख ३१२०८३ वैशाख ३०
रवा इनर्जी डेभलपमेन्ट२०८० जेठ ३२०८३ जेठ २
अपर स्याङे हाइड्रोपावर२०८० असार २२२०८३ असार २१
थ्रीस्टार हाइड्रोपावर२०८० असार १९२०८३ असार १८
कुथेली बुखरी स्मल हाइड्रोपावर२०८० साउन ४२०८३ साउन ३
मनकामना इन्जिनियरिङ हाइड्रोपावर२०८० साउन २८२०८३ साउन २७
अपर लोहोरे खोला हाइड्रोपावर२०८० साउन २९२०८३ साउन २८
मान्डु हाइड्रोपावर२०८० भदौ २४२०८३ भदौ २३
भगवती हाइड्रोपावर२०८० भदौ १८२०८३ भदौ १७
मिड सोलु हाइड्रोपावर२०८० असोज ७२०८३ असोज ६
माथिल्लो मैलुङ खोला जलविद्युत२०८० कात्तिक ३२०८३ कात्तिक २
भिजन लुम्बिनी ऊर्जा कम्पनी२०८० मंसिर ५२०८३ मंसिर ४
चिर्ख्वा हाइड्रो२०८० कात्तिक १६२०८० कात्तिक १५
सान्भी इनर्जी२०८२ जेठ २६२०८५ जेठ २५
विकास हाइड्रोपावर२०८२ असार २९२०८५ असार २८
हिमस्टार ऊर्जा कम्पनी२०८२ असार ३२२०८५ असार ३१
माबिलुङ इनर्जी२०८२ भाद्र ८२०८५ भदौ ७
दरम खोला हाइड्रो इनर्जी२०८२ साउन २९२०८५ साउन २८
बुंगल हाइड्रोपावर२०८२ असोज २२०८५ असोज १
सोलु हाइड्रोपावर२०८२ माघ १२२०८५ माघ ११
भुजुङ हाइड्रोपावर२०८२ माघ २७२०८५ माघ २६
सुपर खुदी हाइड्रोपावर२०८२ फागुन १७२०८५ फागुन १६
रिजलाइन इनर्जी२०८२ फागुन १४२०८५ फागुन १३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी२०८२ फागुन ५२०८५ फागुन ४
शिखर पावर डेभलपमेन्ट२०८२ चैत ३२०८५ चैत २
स्रोत : नेपाल स्टक एक्सचेन्ज