सेयर बजार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा, ९ अर्ब ३१ करोडको कारोबार



बिजमाण्डू
२०८३ बैशाख ३ गते १५:२० | Apr 16, 2026
सेयर बजार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा, ९ अर्ब ३१ करोडको कारोबार


काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढेको सेयर बजार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक बिहीबार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका सबै उपसमूहका सूचकले बजार घटाएका हुन्। फाइनान्सको सूचक सबैभन्दा धेरै १.९८ प्रतिशत ओरालो लागेको छ।

बजारमा सेयर मूल्य घटेका २३६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सिन्धु विकास बैंकको सूचक सबैभन्दा धेरै ९.४७ प्रतिशत ओरालो लागेको छ।

३१ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ। बजारमा ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्स ६१ करोड ८० लाख, नेसनल हाइड्रोपावर कम्पनी ५५ करोड ५९ लाख र एसवाई प्यानलको ५१ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ।