सेबोनबाट तीन कम्पनीले पाए आइपीओ निष्कासन अनुमति, ४२ लाख २० हजार कित्ता बिक्री गरिने



बिजमाण्डू
२०८३ बैशाख २ गते २०:०३ | Apr 15, 2026
सेबोनबाट तीन कम्पनीले पाए आइपीओ निष्कासन अनुमति, ४२ लाख २० हजार कित्ता बिक्री गरिने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ।

Tata
GBIME

सेबोनले बुधबार एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै एभरेष्ट कलर लिमिटेडलाई प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७ लाख ९० हजार कित्ता, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडलाई २५ लाख ८० हजार कित्ता र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बाटो खुलेको छ। 

सेबोनले पछिल्लो पटक गत फागुन २६ गते सानिगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो।