काठमाडौं। नषाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले उकालो लागेको छ।
नेप्से परिसूचक बुधबार ३३.२७ अंकले उकालो लागेर २८६६.८७ विन्दुमा पुगेको हो। १३ वटै उपसमूहले नेप्से बढाउँदा होटल समूहको सूचक सबैभन्दा धेरै ३.१६ प्रतिशतले उकालो लागेको छ।
२२१ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसमध्ये रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट, सुपर खुदी हाइड्रोपावर र शिखर पावर डेभलपमेन्ट कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा शिवम् सिमेन्ट छ। यो कम्पनीको ५८ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









