भक्तपुरमा नयाँ वर्षसँगै बिस्का जात्राको उल्लास : ढालियो य:सिं (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८३ बैशाख १ गते १८:३८ | Apr 14, 2026
भक्तपुरमा नयाँ वर्षसँगै बिस्का जात्राको उल्लास : ढालियो य:सिं (तस्विरहरु)

काठामाडौं । भक्तपुरको भेलुखेलमा य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ढालिएको छ। बिस्काको पाँचौं दिन आज साँझ य:सिं ढालिएको हो। हो। सोमबार साँझ य:सिं ठड्याइएको थियो।  

Tata
GBIME
Nepal Life

य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिएको थियो। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।

य:सिं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिएको थियो। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन  ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ। यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ।

आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ। यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ।