काठमाडौं । आज बिक्रम संवत् २०८३ को पहिलो दिन। नयाँ वर्ष सुरु भएको अवसरमा आज देशभर सार्वजनिक बिदा छ।
बिदा र नयाँ वर्षको अवसरमा मानिसहरु मन्दिरदेखि पार्क, पोखरी, ताल वरिपरि घुम्न पुगेका छन्। कोही भने हाइकिङ र ट्रेकिङ पनि गइरहेका छन्।
काठमाडौं उपत्यकाका पोखरी, पार्क, दरबार स्क्वायर क्षेत्र अहिले आन्तरिक पर्यटकले भरिएका छन्। त्यस्तै, बिहानैदेखि मन्दिर पुग्नेको भिड पनि छ।
उपत्यका बाहिर पनि मानिसहरु विभिन्न मन्दिर, पार्क र पर्यटकीयस्थल पुगिरहेका छन्।
















सबै तस्विरहरु : रासस











