वर्षको अन्तिम दिन नेप्से सूचक २८३३ विन्दुमा, ६ कम्पनीमा पोजेटिभ सर्किट, ८.६६ अर्बको किनबेच



बिजमाण्डू
२०८२ चैत्र ३० गते १५:१६ | Apr 13, 2026
वर्षको अन्तिम दिन नेप्से सूचक २८३३ विन्दुमा, ६ कम्पनीमा पोजेटिभ सर्किट, ८.६६ अर्बको किनबेच


काठमाडौं। २०८२ को अन्तिम दिन सेयर बजार परिसूचक ४.१८ अंक घटेर २८३३.६० विन्दु कायम भएको छ।

Tata
GBIME

कारोबारमा आएका बैंकिङ, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, ट्रेडिङ र अन्य उपसमूहले बजार घटाएका हुन्।

बजारमा १५३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत घटेको छ।

१०५ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै ९३ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, रिडीपावर कम्पनीको ४९ करोड १९ लाख र रिलायन्स स्पिनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।