रास्वपा उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

बिजमाण्डू
२०८२ चैत्र २२ गते ११:३४ | Apr 5, 2026
रास्वपा उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको आइतबार बसेको बैठकले अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भनेर राखेको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमले समर्थन जनाएका थिए।

त्यसपछि सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

सभामुखमा गत शुक्रबार अर्यालको मात्र उम्मेदवारी परेको थियो।