प्रधानमन्त्रीको शपथमा पहिलोपटक स्वस्ति-शान्ति वाचन र शुभ-मङ्गल पाठ

प्रवीण रानाभाट
२०८२ चैत्र १३ गते १३:४२ | Mar 27, 2026
प्रधानमन्त्रीको शपथमा पहिलोपटक स्वस्ति-शान्ति वाचन र शुभ-मङ्गल पाठ


काठमाडौं। बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरे। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेनलाई शपथ गराएका हुन्।

Vigo
GBIME
Tata

समारोहमा ७ शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ-मङ्गल पाठ गरेका थिए।

त्यसपछि ठिक १२:३४ बजे बालेनले प्रधानमन्त्रीको शपथ लिएका हुन्। पहिलोपटक वैदिक-सनातन परम्परा झल्किने गरी शपथ ग्रहण गरिएको छ।

शुक्रबार नै १४ जना मन्त्रीहरूले पनि शपथ लिएका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पूर्व प्रधानमन्त्रीहरू उपस्थित थिए। समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी लगायत उपस्थित थिए।