कामठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनावमा समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको छ।
आयोगले बिहीबार आफ्नो परिसरमा एक समारोह आयोजना गरी समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको हो।

निर्वाचित उम्मेदवारहरुलाई कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माला लगाइदिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र प्रदान गरे।

समानुपातिकतर्फका ११० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९ तथा श्रम संस्कृति र राप्रपाबाट ४/४ जना निर्वाचित भएका छन्।
निर्वाचितमध्ये ८२ जना महिला छन्।

समानुपातिकतर्फ निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन बुझाउँदै छ।




















