जनताको छोरा राजा बनेको खुशीयालीमा पाटनको फरक घोडेजात्रा (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८२ चैत्र ४ गते १८:०२ | Mar 18, 2026
जनताको छोरा राजा बनेको खुशीयालीमा पाटनको फरक घोडेजात्रा (तस्विरहरु)


काठमाडौं । आज घोडेजात्राको अवसरमा पाटनमा पनि घोडा दौडाएर पर्व मनाइएको छ।

Vigo
GBIME
Tata

पाटनको कथन अनुसार एक दिन दरबारमा काम गरिरहेको एक च्यो तबेलामा घोडालाई स्याहारसुसार गर्न छोडेर थकित भएर निदाएछ। राजा भने घोडाको स्याहार नगरी च्यो कहाँ गयो भनेर खोज्नै बाध्य भएछ। निदाइरहेको च्योको टाउकोमाथि पाँचवटा टाउको भएको नाग बसिरहेको राजाले देखे।

राजाले आफू जस्तै बलियो र परिश्रमी च्यो देखेर छक्क परे। राजाले च्योलाई एक दिने राजकाजको जिम्मेवारी दिँदै एक दिनको लागि राजा बनाएर घोडा लिएर नगर परिक्रमा गर्न लगाए।

त्यहाँदेखि च्योलाई राजा बनाएको दिनको सम्झनामा आजसम्म पनि वल्खु टोलको भीमसेन गुठी च्यो खल: का सदस्यहरु मध्ये एक सदस्य घोडा चढेर एक दिनका लागि राजा बनेर नगर परिक्रमा गर्छन्।